समाज


धुलिखेलकी किशोरीलाई भक्तपुरको गेस्ट हाउसमा राखेर जबर्जस्ती करणी, २३ वर्षीय युवा पक्राउ

धुलिखेलकी किशोरीलाई भक्तपुरको गेस्ट हाउसमा राखेर जबर्जस्ती करणी, २३ वर्षीय युवा पक्राउ

नेपालखबर
असार ८, २०७८ मंगलबार १:१,

१५ वर्षीया किशोरीलाई धुलिखेलबाट काठमाडौं ल्याएर जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा काभ्रेको धुलिखेल नगरपालिका ८ घर भएका २३ वर्षीया जयराम चौलागाईं पक्राउ परेका हुन्।

गएको शनिबार उनले किशोरीलाई काठमाडौं घुम्न जाउँ भन्दै ललाइफकाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा पुर्याएर जबर्जस्ती करणी गरेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिए।

गएको शनिबार घरबाटै किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजीका लागि निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा महानगरीय प्रहरी बृत्त जनसेवा, काठमाडौंको टोलीले किशोरीको खोजी सुरु गरेको थियो।

खोजी गर्ने क्रममा आइतबार काठमाडौंको सुन्धारामा किशोरी र युवक फेला परेका प्रहरीले जनाएको छ। उनले आफूलाई चौलागाईंले गेस्ट हाउसमा राखेर जबर्जस्ती करणी गरेको बयान दिएकी छन्।

चौलागाईंलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad