प्रहरीविरुद्ध रंगभेदी टिप्पणी गरेको आरोपमा ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला (टीका संग्रौला) लाई प्रहरीले पक्राउ गरेपछि नागरिक अभियन्ता एवं लेखक खगेन्द्र संग्रौलालाई प्रश्न आइलागेको छ।
जसलाई लेखक संग्रौलाले सामाजिक सञ्जालमा मीठो शैलीमा प्रस्तुत गरेका छन्।
उनी लेख्छन् :
जिज्ञासु जन : ज्वाला संग्रौला छोरी हुन्?
उत्तर : होइनन्।
जिज्ञासु : ज्वाला को हुन्?
उत्तर : संग्रौलोको सानो समूहमा भद्र देशभक्त छन्, उग्र राष्ट्रवादी छन्, वामपन्थी छन्, दक्षिणपन्थी छन्, गरिखाने छन्, ठगिखाने होलान्। सद्दे छन्, झल्ला होलान्। ज्वाला संग्रौला यिनैमध्ये एक प्रवृत्ति हुन्।
यो पनि : ज्वाला संग्रौलालाई तीन दिन थुनामै राख्न प्रशासनको अनुमति
60
Shares

प्रतिक्रिया