समाज


बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ९:४८,

 काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार बिहान साढे ११ बजे आगलागी भएको हो।

आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाइकल जलेर पुर्णरुपमा क्षतिग्रस्त भएका छन्।

त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ। प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो।

काठमाडौँ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad