ad ad

समाज


‘महिलाले छोटो कपडा लगाए पुरुषलाई प्रभाव पर्छ’ भनेपछि विवादित बने पाकिस्तानी प्रधानमन्त्री

‘महिलाले छोटो कपडा लगाए पुरुषलाई प्रभाव पर्छ’ भनेपछि विवादित बने पाकिस्तानी प्रधानमन्त्री

नेपालखबर
असार ७, २०७८ सोमबार १०:४,

सो अन्तर्वार्ता आइतबार एचबीओ म्याक्स टेलिभिजन प्लेटफर्ममा प्रसारण भएको थियो।

पत्रकार जोनाथन स्वेनसँगको अन्तर्वार्तामा खानले ‘महिलाले छोटो कपडा लगाए पुरुषलाई प्रभावपर्छ’ भनेपछि उनी विवादमा तानिएका छन्।

एउटा विन्दुमा पुगेर उनले भनेका छन्,‘यदी रोबोट होइन भने महिलाले छोटो कपडा लगाउँदा पुरुषलाई प्रभाव पर्छ।’

वास्तवमा उनले गत अप्रिलमा पाकिस्तानमा बढ्दो महिला हिंसाजस्ता अपराधको जड महिलाले लगाउने कपडा भएको संकेत गरेका थिए।

सोही विवादस्पद विषयलाई पत्रकारले सोधेपछि प्रस्ट्याउने क्रममा उनले भनेका छन्,‘पाकिस्तानमा डिस्को र नाइट क्लब छैन। यो बिल्कुल अलग समाज हो जसको अलग्गै तवर तरिका छन्। यदि तपाइँ यहाँ प्रलोभन बढाउनुहुन्छ र युवाहरुलाई कतै जानको लागी मौका दिनुहुँदैन भने तब त्यसको केही विपरित परिणाम हुन्छ।’

पत्रकार जोनाथनले त्यस लगत्तै महिलाले लगाउने कपडाको विषयमा सोधेका थिए। इमरान भन्छन्,‘यदी महिलाले ज्यादै छोटा कपडा लगाउँछन् भने त्यसको असर पुरुषमा पर्छ यदि रोबोट होइन भने।’

के कपडाकै कारण यौन हिंसा बढेको हो? भन्ने प्रश्नमा इमरान खानले समाजको बनावट अनुसार हिंसा निम्तने बताए।

उनका अनुसार यदी समाजमा छोटो कपडा नलगाउने संस्कार छ र छोटो कपडा लगाएको देखियो भने त्यहाँ प्रभाव पर्छ।

उनले पश्चिमा समाज र आफ्नो समाजमा यस विषयमा फरक दृष्टिकोण रहने पनि बताए।

बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .