काठमाडौंस्थित भारतीय राजदूतावासले सोमबार सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गर्यो।
‘आजादका अमृत महोत्सव’ अभियान अन्तर्गत भर्चुअल माध्यमबाट सो कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।
कोभिड–१९ महामारीबीच मनाइएको हुँदा यस पटकको योग दिवसको नारा ‘घर घरमा योग’ तय गरिएको छ।
‘योगलाई स्तरीय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत योगा प्रोटोकलअनुरुप दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो,’ दूतावासले भनेको छ, ‘सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो।’
योगगुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए।

3
Shares

प्रतिक्रिया