ad ad

समाज


करिब आधा घट्यो सक्रिय संक्रमितको संख्या

करिब आधा घट्यो सक्रिय संक्रमितको संख्या

नेपालखबर
असार ६, २०७८ आइतबार ११:१५,

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घटेसँगै सक्रिय संक्रमितको संख्या पनि झण्डै आधा कम भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार अहिले दैनिक नयाँ संक्रमित थपिने क्रममा गिरावट आएको छ भने सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ।

केही समयअघि सक्रिय संक्रमितको संख्या ९२ हजारभन्दा बढी पुगेकोमा आज (आइतबार) सक्रिय संक्रमितको संख्या ५५ हजार ५३२ जना रहेको मन्त्रालयले जनाएको छ।

जसमध्ये ५१ हजार ८३१ जना होम आईसोलेसन र ३ हजार ६९९ जना संस्थागत आईसोलेसनमा रहेका छन्।

यद्यपी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा संक्रमितको संख्या घट्दै गइरहेपनि केही जिल्लाहरुमा भने संक्रमण बढ्दै गइरहेको छ। आज देशका ४२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा धेरै छ।

यस्तै, हाल ८७१ जना आईसीयूमा उपचाररत रहेकोमा २५० जना भेन्टिलेटरमा छन्। संस्थागत क्वारेन्टिनमा ४४४ जना रहेका छन्।

गएको हप्ता १ हजार १०० जना आईसीयूमा रहेकोमा ३४७ जना भेन्टिलेटरमा रहेका थिए।

आज उपत्यकामा ५४८ सहित देशभर २ हजार ४४२ संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .