ad ad

समाज


२ हजार ४४२ संक्रमित थपिए, ३ हजार ४५६ संक्रमणमुक्त

२ हजार ४४२ संक्रमित थपिए, ३ हजार ४५६ संक्रमणमुक्त

नेपालखबर
असार ६, २०७८ आइतबार १०:४९,

गएको २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार ९५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो संख्या परीक्षण गरिएकोमध्ये २१.३ प्रतिशत हो।

६ हजार ६७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, यो अवधिमा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन्।

आज ५१ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

यस्तै, आज काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ गरी उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .