ad ad

कारोबार


कोभिड प्रभावित पर्यटन क्षेत्रमा नागरिक लगानी कोषको विशेष सापटी

कोभिड प्रभावित पर्यटन क्षेत्रमा नागरिक लगानी कोषको विशेष सापटी

नेपालखबर
असार ६, २०७८ आइतबार १०:३८,

नागरिक लगानी कोषले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रसँग सम्बन्धित कर्मचारीहरुलाई विषेश सापटी सह दिने भएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएका छन्।

यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले जनाएको छ। कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ।

यस सापटीमा कर्मचारी बचत वृद्धि अवकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर निर्धारण गरिएको छ। यस्को मतलव लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ। यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको सूचना अधिकारी उद्धव सिलवालले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .