समाज


सहायक वन अधिकृत ४० हजार रुपैयाँ घुससहित पक्राउ

सहायक वन अधिकृत ४० हजार रुपैयाँ घुससहित पक्राउ

नेपालखबर
असार ६, २०७८ आइतबार ९:२२,

धादिङको निलकण्ठ सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेल ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

कार्यालय प्रमुख पौडेलले ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउन ४० हजार रुपैयाँ माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .