विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्।
असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले 'भ्याक्सिन क्यारिअर' तारेका थिए।
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन्।
तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ।
उनीहरुले खोप पाएको छैनन्, के यो जायज छ? भन्ने प्रश्न गर्दै उनले उनीहरुलाई खोप तत्काल लगाउनु पर्ने जिकिर गरेका छन्।
भिडिओ :
यो पनि :
मुस्ताङमा खोप ओसार्न बाढीको बाधा, स्वास्थ्यकर्मीले यसरी तारे खोला (भिडिओ)
प्रतिक्रिया