ad ad

समाज


विदेश भ्रमण जाँदा यी २२ निजी अस्पतालले दिने पीसीआर रिपोर्टलाई मान्यता

विदेश भ्रमण जाँदा यी २२ निजी अस्पतालले दिने पीसीआर रिपोर्टलाई मान्यता

नेपालखबर
असार ५, २०७८ शनिबार ५:२०,

सरकारले विदेश भ्रमणमा जानेका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर र परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ निजी अस्पतालका प्रयोगशालामा गरिएको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो।

मन्त्रालयका अनुसार ग्रान्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिसिटी, बी एन्ड बी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणलाई मान्यता दिइएको हो।

यस्तै, नेसनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्युरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई पनि यसका लागि मान्यता दिइएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य तथा जनससंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाका साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परिक्षण रिपोर्टलाई पनि विदेश यात्राका लागि मान्यता दिइएको बताए।

उनले प्रक्रिया पुर्‍याएका अरू निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .