समाज


आज यी स्थानमा बाढीको खतरा (सूचनासहित)

आज यी स्थानमा बाढीको खतरा (सूचनासहित)

नेपालखबर
काठमाडौं, असार ५

देशभर वर्षा हुने क्रम जारी छ। वर्षासँगै विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले धनजन क्षति पुर्‍याइरहेको छ।

यसैले त्यस्तो विपत्ति आउनुभन्दा पहिले होसियारी पुर्‍याउन आवश्यक छ। यसका लागि हामीले दैनिक वर्षा तथा बाढीसम्बन्धी सूचना हेरिरहनुपर्ने हुन्छ।

यसै सन्दर्भमा आज कहाँ कहाँ कुन कुन नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना छ भनेर बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ।

सूचनाअनुसार आज (शनिबार) कोसी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका नदीमा आकस्मिक बहाव आउने सम्भावना छ। यसर्थ यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज कोसी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्दो हुने र केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं।’

हेर्नुहोस्, बाढी पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनसम्मको बाढी अनुमान :

badhi 5asar

यी पनि :

आज कता–कता कस्तो छ, वर्षाको सम्भावना?

महाकाली नदीले नाघ्यो सतर्कता सीमा, ‘अलर्ट’ जारी

असार ५, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .