ad ad

समाज


मेलम्ची बाढीपछि बेपत्ता २० जना अझै भेटिएनन्, खोजी गर्दै सुरक्षाकर्मी

मेलम्ची बाढीपछि बेपत्ता २० जना अझै भेटिएनन्, खोजी गर्दै सुरक्षाकर्मी

नेपालखबर
असार ५, २०७८ शनिबार ०:३५,

यही असार १ गते सिन्धुपाल्चोकका मेलम्ची नदीमा आएको बाढीपछि बेपत्ता २० जना अझै फेला परेका छैनन्।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार उनीहरूको खोजी, पीडितहरूको उद्धारमा ४६१ सुरक्षाकर्मी खटिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार यी हुन्, बेपत्ता २० जना

१. सिन्धुपाल्चोक, जुगल गाउँपालिकाकी २० वर्षीया गीता थापा

२. माथिकै ठेगानाका १ वर्षीय सुदीप थापा

३. सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ का ९० वर्षीय तस्बिर तामाङ

४. हेलम्बु गाउँपालिका–२, पाल्चोक शेराकी ६६ वर्षीया टीकामाया खड्का

५. हेलम्बु गाउँपालिका–२, किउलका ३१ वर्षीय माधव भण्डारी

६. हेलम्बु गाउँपालिका–२, चुरेटारका ४२ वर्षीय गणेश ज्योति

७. हेलम्बु गाउँपालिका–२, चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति

८. चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल

९.  हेलम्बु–६, किउलपारिका ५० वर्षीय च्याङा तामाङ

१०. त्यही स्थानकी ४२ वर्षीया काली तामाङ

११. हेलम्बु–३, चनौटेकी ५० वर्षीया साइली तामाङ

१२. हेलम्बु गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय सुनील तामाङ

१३. त्यही ठाउँका ३५ वर्षीय पूर्ण तामाङ

१४. हेलम्बु–१ का ५० वर्षीय कामी तामाङ

१५. माथिकै ठेगानाकी ८० वर्षीया नोर्की तामाङ

१६. वर्ष खुल्न नसेकका तनहुँ, आँबुखैरहनी–१ का रेशमलाल सार्की

१७. तेह्रथुम, खामलालुङ–९ का होमराज घिमिरे

१८. भारतीय नागरिक कमललोचन महतो

१९. भारतीय नागरिक जिनडाऔ वासुमन्तरी

२०. चिनियाँ नागरिक सन यु चुवान 

यसबाहेक अहिलेसम्म बाढीमा ३ जना मृत भेटिएका छन्।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म चिनियाँ नागरिकद्वय गोङ टियान छियो र यु चि झु तथा भारतीय नागरिक कमल लोचन महतोका शव फेला परेका हुन्।

पहिलो चिनियाँ नागरिकको शव सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११, बदेरीस्थित इन्द्रावती नदी किनारमा तथा अर्का चिनियाँ नागरिकको शव सिन्धुलीको सुनकोसी गाउँपालिका–५, मूलकोटस्थित सुनेकोसी नदी किनारमा भेटिएका हुन्।

यसैगरी भारतीय नागरिकको शव सुनकोसी गाउँपालिकाकै वडा नम्बर ७, कानढुंग्रीस्थित सुनकोसी नदी किनारमा भेटिएको हो।

यसैगरी बाढीपछि बेपत्ता भएका ४ नेपाल सकुशल सम्पर्कमा आएका छन्। ती सबै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–१, घोरथलीका बासिन्दा हुन्। सिन्धुपाल्चोक जिल्ला प्रशासनका कार्यालयका अनुसार १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास रिजाल र १६ वर्षकै कमल खत्री सकुशल सम्पर्कमा आएका हुन्।

यो पनिमेलम्ची बाढीका नाममा राहत संकलन गरे २ वर्षसम्म जेल र १ लाखसम्म जरिवाना गर्ने चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .