ad ad

राजनीति


कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ सम्म (भिडिओ)

कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ सम्म (भिडिओ)

नेपालखबर
असार ४, २०७८ शुक्रबार १३:२४,

नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो।

कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका/नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले जानकारी दिए।

नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ।

नेता महतले भने, ‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा होस्। संविधानको रक्षा होस्। र त्यसमा जो पार्टीहरु व्यक्तिहरु जोडिन चाहानुुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतिका साथ अगाडि बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ति पार्टीहरु र समुहहरुलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ।’

उनले कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरुको विषयमा छलफल भइरहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .