ad ad

समाज


मेलम्ची बाढी अपडेट : बेपत्ताको संख्या २० पुग्यो, को को?

मेलम्ची बाढी अपडेट : बेपत्ताको संख्या २० पुग्यो, को को?

नेपालखबर
असार ४, २०७८ शुक्रबार ४:३,

यही असार १ गते राति सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि बेपत्ता हुनेको संख्या २० पुगेको छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले बिहीबार राति ९ बजे जारी गरेको विज्ञप्तिअनुसार बेपत्ताको सूचीमा ३ जना थपिएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार जुगल गाउँपालिकाका २० वर्षीया गीता थापा र १ वर्षीय सुदीप थापा तथा हेलम्बु गाउँपालिका–१ का ९० वर्षीय तस्बिर तामाङ बेपत्ताको सूचीमा थप भएका हुन्।

अन्य हराइरहेकाहरूमा हेलम्बु गाउँपालिका–२, पाल्चोक शेराकी ६६ वर्षीया टीकामाया खड्का हेलम्बु गाउँपालिका–२, किउलका ३१ वर्षीय माधव भण्डारी, सोही वडा चुरेटारका ४२ वर्षीय गणेश ज्योति, सोही वडा चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल छन्।

यसैगरी हेलम्बु–६, किउलपारिका ५० वर्षीय च्याङा तामाङ, सोही स्थानकी ४२ वर्षीया काली तामाङ, हेलम्बु–३, चनौटेकी ५० वर्षीया साइली तामाङ, हेलम्बु गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय सुनील तामाङ र ३५ वर्षीय पूर्ण तामाङ मंगलबार रातदेखि सम्पर्कविहीन छन्। 

यसैगरी हेलम्बु–१ का ५० वर्षीय कामी तामाङ र सोही ठेगानाकी ८० वर्षीया नोर्की तामाङ तथा वर्ष खुल्न नसेकका तनहुँ आँबुखैरहनी–१ का रेशमलाल सार्की र खामलालुङ–९ का होमराज घिमिरे पनि बेपत्ताको सूचीमा छन्।

यस्तै भारतीय नागरिकद्वय कमललोचन महतो र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान पनि बेपत्ता छन्।

उनीहरूको खोजी भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मेलम्ची बाढीबाट भएका क्षति, बेपत्ता खोजीका लागि टोली परिचालन तथा अहिलेसम्म गरिएका उद्धारबारे विस्तृत विवरण तल पढ्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .