समाज


सेल्फी खिच्दै गर्दा मोरङमा हात्तीको आक्रमण, एक जनाको मृत्यु

सेल्फी खिच्दै गर्दा मोरङमा हात्तीको आक्रमण, एक जनाको मृत्यु

नेपालखबर
असार ४, २०७८ शुक्रबार ७:५८,

मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए। घाइते मियालाई न्युरो अस्पताल विराटनगरमा पुर्याउना साथ मृत्यु भएको छ।

हात्ती अहिले रतुवामाईतर्फ गएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .