यही असार १ गते राति सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीपछि बेपत्ता १७ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार हेलम्बु गाउँपालिका–२, पाल्चोक शेराकी ६६ वर्षीया टीकामाया खड्का हेलम्बु गाउँपालिका–२, किउलका ३१ वर्षीय माधव भण्डारी, सोही वडा चुरेटारका ४२ वर्षीय गणेश ज्योति, सोही वडा चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल बेपत्ता छन्।
यसैगरी हेलम्बु–६, किउलपारिका ५० वर्षीय च्याङा तामाङ, सोही स्थानकी ४२ वर्षीया काली तामाङ, हेलम्बु–३, चनौटेकी ५० वर्षीया साइली तामाङ, हेलम्बु गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय सुनील तामाङ र ३५ वर्षीय पूर्ण तामाङ पनि त्यस रातदेखि सम्पर्कविहीन छन्।
यसैगरी हेलम्बु–१ का ५० वर्षीय कामी तामाङ र नाम नखुलेकी उनकी ७० वर्षीया आमा तथा ठेगाना तथा वर्ष खुल्न नसेकका रेशमलाल सार्की र होमराज घिमिरे पनि बेपत्ताको सूचीमा छन्।
यस्तै भारतीय नागरिकद्वय कमललोचन महतो र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान पनि बेपत्ता छन्।
उनीहरूको खोजी भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया