कुरा मिलिसकेको कोठा अन्तिममा जात सोधेर थाहा पाउनासाथ नदिएर जातीय विभेद गर्ने काठमाडौं बबरमहलकी घरबेटीविरुद्ध इमेज टेलिभिजनकी कार्यक्रम प्रस्तोता रूपा सुनारले आज (बिहीबार) प्रहरीमा उजुरी दिएकी छन्।
तनहुँ घर भई हाल काठमाडौं महानगरपालिका–११, बबरमहल बस्ने सुनारले आफूलाई जातीय भेदभाव गरेको भन्दै काठमाडौं महानगरपालिका–११, पार्वती मार्ग, बबहमहलकी ५८ वर्षीया सरस्वती प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त (सिंहदबार) मा निवेदन दिएकी हुन्।
निकै प्रयासपछि मात्र किटानी जाहेरी दर्ता गर्न सफल भइएको क्रियाशील दलित पत्रकार संघका महासचिव विश्वास खड्काथोकीले बताए।
‘यसभन्दा पहिलाका घटनामा प्रमाण नपुगेको भन्दै हराइएका उदाहरण छन्, यस केसमा चाहिँ फेरि प्रहरीले छेउ लगाउने काम नगरोस् भन्न चाहन्छु,’ उनले नेपालखबरसँग भने, ‘यसका लागि सम्पूर्ण न्यायप्रेमी नागरिक र संघ संस्थाले आवाज उठाइरहन जरुरी छ।’

तल पढ्नुहोस्, निवेदन :
यो पनि :

प्रतिक्रिया