सप्तरीमा भुतही बलान खोलाको बाढीले बगाउँदा एक बालकको ज्यान गएको छ।
सप्तरी बलान बिहुल गाउँपालिका–४ बेल्ही बस्ने किसुनदेव भण्डारीका १३ वर्षीय छोरा सन्तोष भण्डारीको मृत्यु भएको हो।
भुतही खोला पारी खेतमा काम गरिरहेका बुबाको लागि खाजा लिएर बुधबार अपराह्न जाँदै गर्दा उनलाई बाढीले बगाएको थियो।
बाढीमा बेपत्ता बालकको खोजी गर्ने क्रममा छिमेकी देश भारत मधुबनी जिल्ला मझौरास्थित बलान खोलाको छेउमा शव फेला परेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरीले बालकको शव परिवारजनको जिम्मा लगाइएको जनाएको छ।

प्रतिक्रिया