समाज


बाढी, पहिरो र डुबान : ४ जनाको मृत्यु, ६९ जनाको उद्धार, १४ बेपत्ता

बाढी, पहिरो र डुबान : ४ जनाको मृत्यु, ६९ जनाको उद्धार, १४ बेपत्ता

नेपालखबर
असार २, २०७८ बुधबार १२:२९,

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४ जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले ७ जनाको मृत्यु भएको स्थानीयबासीले बताए पनि प्रहरीले भने अझै बेपत्ताकै सूचीमा राखेको छ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बाढी, पहिरो र डुबानमा परी पाल्पामा १ जना, कास्कीमा १ जना, सिन्धुपाल्चोक १ जना र डोटीमा १ जना गरी जम्मा ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये ३ जना पुरुष र १ जना महिला छन्।

बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जना र जाजरकोटमा ७ जना गरी १४ जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन्। बेपत्ताको खोजी कार्य जारी छ।

साथै सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी जम्मा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ६ पुरुष र २ किशोरी रहेका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ। साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम)लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् । ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६२ वटा घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ।

अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन्।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad