समाज


बाढीपहिरो : कास्की र पाल्पामा दुईको मृत्यु

बाढीपहिरो : कास्की र पाल्पामा दुईको मृत्यु

नेपालखबर
असार २, २०७८ बुधबार २:५९,

पाल्पा र कास्कीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले घर पुरिँदा एक किशोरको मृत्यु भएको छ। गएराति स्थानीय महेन्द्र भट्टराईको घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पहिरोमा परेर गम्भीर घाइते भएका किशोरलाई उपचारका लागि राति नै पाल्पा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

लगातारको वर्षाका कारण पाल्पाको ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन्।

त्यसैगरी कास्कीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ। माछापुच्छ्रे गाउँपालिका–१ मा गएराति खहरेमा आएको बाढीले बगाउँदा ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए। परियारको शव घटनास्थलदेखि २५ मिटर तल फेला परेको थियो।

केही दिनदेखिको लगातारको वर्षाले कास्कीका विभिन्न नदीमा पानीको सतह बढेको छ। पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .