समाज


बालकुमारी-बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडान गर्न त्रिपक्षीय सम्झौता

बालकुमारी-बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडान गर्न त्रिपक्षीय सम्झौता

नेपालखबर
असार १, २०७८ मंगलबार ११:५५,

ललितपुर महानगरपालिकाभित्रको बालकुमारी-बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ।

ललितपुर महानगरपालिका भित्र पर्ने बालकुमारी-बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

स्मार्ट सडक बत्ति जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कूल लागतको ६० प्रतिशत, नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले बेहोर्ने ६० प्रतिशत रकममध्येबाट सडक विभागले ३ करोड रुपैयाँ बेहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।

सडक बत्तीलाई सर्भर रुमबाट नियन्त्रण गरिने र सडक बत्ती बाले वापतको शुल्क ललितपुर महानगरपालिकाले तिर्ने बताइएको छ।

प्रमुख महर्जनले सहरलाई उज्यालो बनाउनुका साथै रातको समयमा हुने दुर्घटनालाई रोक्नको लागि पनि सडकमा बत्ति जोड्न लागिएको बताए। उनले महानगरपालिकाभित्रका रिङरोड बाहिरका बस्तीहरु खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा पनि स्मार्ट सडक बत्ती जडान गर्नका लागि टेण्डर प्रकाशित भइसकेको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .