केही समययता ईपीएस भाषा परीक्षा तथा सीप परीक्षण पास गरिसकेका नेपाली युवाहरुले ट्विटर तथा फेसबुकमा सरकारको ध्यानाकर्षण गर्न अभियान थालेका छन्।
उनीहरुले चलाएको #justiceforepspasser अभियान नेपालको ट्विटरमा ट्रेन्डिङ वानमा आएको हो।
भाषा परीक्षा पास गरेर दक्षिण कोरिया जान सबै प्रक्रिया पुरा गरिसके पनि सरकारको लाचारीपनका कारण आफूहरु कोरिया जान नपाएको भन्दै इपीएस भाषा पास गरेका युवाहरु आक्रोशित भएका हुन्।
गतवर्ष नै कोरिया जान सक्षम भएका उनीहरु कोरोना भाइरसका कारण कोरिया जान पाएका छैनन्।

कोरियाली कम्पनीसँगको सम्झौता नै रद्द हुने चिन्तामा रहेका उनीहरुले मानसिक समस्या खेपिरहेको गुनासो गर्ने गरेका छन्।
उनीहरुले ट्विटरमा आफूहरुलाई कोरिया पठाइदेऊ नभए नेपालमै राम्रो जागिर देउ भनेर आह्वान गरिरहेका हुन्।
कोरिया जान सबै प्रक्रिया पुरा गरेका युवाहरुले प्रधानमन्त्री केपी शर्मा वली लगायतका सरकारी अधिकारीलाई ट्विटरमा ध्यानाकर्षण गरिरहेका हुन्।
हालैमात्र यी युवाहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवसँग भेटी आफ्नो गुनासो पोखेका थिए।
उनले केही समयपछि यो विषयमा ठोस निर्णय दिने बताएका छन्। युवाहरुले कोरियाली सरकारसँग विशेष पहल गरेर आफूहरुलाई काम गर्ने वातावरण बनाउन माग गरेका छन्।
उनीहरु विमान चार्टर गरेरै कोरिया जान तयार भएको बताउँछन्। वर्षौ लगाएर भाषा परीक्षा पास गरेता पनि सरकारले यो विषयमा पहन नगर्दा आफ्नो मिहिनेत बालुवामा पानी खनाए सरह भएको उनीहरुको गुनासो रहेको छ।
यो पनिः कोरिया जान रोकिएकालाई श्रममन्त्रीले भने– एक हप्तामा निर्णय दिन्छु
— Sangam Khanal (@SangamK11779559) June 10, 2021We want justice we are depressed since from 15 months do something in this matter respected pm @kpsharmaoli @BishnuRimal #justiceforepspasser pic.twitter.com/hEDbzYCtNG

प्रतिक्रिया