सो क्रममा सत्ताधारी पाकिस्तान तहरीक–ए–इंसाफ पार्टीका नेतृ फिरदौस आशिक अवानले पीपीपी पार्टीका नेता अब्दुल कादिर खान मन्दोखेललाई थप्पड हानेको बीबीसीले जनाएको छ।
पाकिस्तानी न्युज च्यानल एक्सप्रेस न्युजको कार्यक्रममा हात हालाहालको घटना भएको हो।
जावेद चौधरीले संचालन गरेको कार्यक्रम ‘कल तक’मा दुवै नेताबीच भ्रष्टाचारको विषयमा भनाभन भएको थियो।
पीपीपीका नेता मन्दोखेलले महिला नेतृ फिरदौसमाथि सिधै भ्रष्टाचारको आरोप लगाएपछि उनले भ्रष्टाचारको प्रमाण माग्दै मानहानीको मुद्दा हाल्ने बताएकी थिइन्।
यद्यपी उनले भ्रष्टाचारी भन्न नछाडेपछि महिलाले उनलाई थप्पड हानेका थिए।
Footage of adviser to Punjab's chief minister Firdous Ashiq Awan physically and verbally assaulting Pakistan Peoples Party MNA Abdul Qadir Mandokhel during a talk show appearance has gone viral.#etribune #FirdousAshiqAwan #ViralVideo pic.twitter.com/0Ncn49O2P1
— The Express Tribune (@etribune) June 9, 2021महिला नेतृ फिरदौसले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सूचना एवं प्रसारण मामिलाको विशेष सहायकको रुपमा काम गरिसकेकी छिन्।
कार्यक्रममा विज्ञापन आएको बेला मन्दोखेलले आफूमाथि अपशब्द प्रयोग गरेपछि आफू कार्यक्रममा आक्रामक बनेको फिरदौसले बताएकी छिन्।
मन्दोखेलमाथि आफूले मानहानीको साथै महिला शोषणको मुद्दा हाल्ने समेत उनको भनाइ छ।
Firdous Ashiq Awan and PPP’s Mandokhel pic.twitter.com/opDGYZFKfx
— Murtaza Ali Shah (@MurtazaViews) June 9, 2021
प्रतिक्रिया