प्रहरीले विभिन्न हातहतियारसहित मोरङबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको केराबारी गाउँपालिका ९ देवीझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका २ लालभित्ती बस्ने ४१ वर्षीय पदम कुमार लिम्बु पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गणेशको घर तलासी गर्दा भान्सा कोठाबाट १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान भेटिएको थियो।
त्यस्तै, गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को.१च ८३६८ नम्बरको कार तलासी गर्दा १ थान खुकुरी र १ थान चक्कु समेत फेला परेको थियो।
सोलगत्तै उनीहरुलाई पक्राउ गरेको हो।
3
Shares

प्रतिक्रिया