समाज


ज्वाला बलिरहने नाभिस्थान मन्दिर पुनःनिर्माण हुँदै

ज्वाला बलिरहने नाभिस्थान मन्दिर पुनःनिर्माण हुँदै

नेपालखबर
जेठ २६, २०७८ बुधबार १०:३३,

दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाभिस्थान मन्दिरको पुनः निर्माण थालिएको छ। पुरातत्व विभागबाट रु ४० लाख विनियोजन भएपछि मन्दिर पुनःनिर्माण हुन लागेको हो।

निषेधाज्ञाका समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण थालनी गरेको छ। मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ। लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्वको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला पुनः बनाउन लागेको देख्दा निकै खुशी लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए। मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिए।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण सम्पन्न गरिने पनि उनले बताए। डीपीआर मन्दिर व्यवस्थापन समितिले गरेको र सोहीअनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए। उनका अनुसार पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढु्रगामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ। इस्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ।

मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ। दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधामअन्तर्गत श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ। सो मन्दिरमा अनवरत रुपमा सदियौंदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .