कानुन पालना नगर्ने व्यक्तिलाई मृत्युदण्ड, जेल सजाय तथा सुधार गृहमा पठाइनेजस्ता सजाय सुनाइने छ।
बीबीसीका अनुसार विदेशी चलचित्र हेर्ने, भण्डारन गरेर राख्ने तथा विदेशी लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई माथि उल्लेखित सजाय हुन सक्छन्।
समाचारअनुसार दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको भण्डारन गरेको थाहा पाइएमा त्यस्ता चलचित्र लुकाएर राख्ने व्यक्तिलाई मृत्युदण्ड दिइने छ।
साथै विदेशी चलचित्र हेर्नेलाई मात्रै पनि १५ वर्षको जेल सजाय तोकिएको छ भने दक्षिण कोरियाली सांगीतिक संस्कार के–पप पछ्याउनेलाई सुधारगृह पठाइएको उल्लेख गरिएको छ।
उत्तर कोरियाभित्र स्रोत भएको दक्षिण कोरियाली अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई के–पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाएको थियो।
उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बताइन्छ।
त्यस्तै त्यहाँका सर्वोच्च नेता किम जोङ उनले पनि आफ्ना देशका युवाले एसियाको धनी सहर सोलको जीवनको झल्को नपाओस् भन्ने चाहन्छन्।
Shares

प्रतिक्रिया