समाज


महामारीको उच्च जोखिम कायमै, स्वास्थ्य मन्त्रालयले भन्यो– रित्तो सिलिन्डर भर्नू

महामारीको उच्च जोखिम कायमै, स्वास्थ्य मन्त्रालयले भन्यो– रित्तो सिलिन्डर भर्नू

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ७:४८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही दिनयता संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिलिन्डरहरु व्यक्तिका घर, टोल, आइसोलेसन सेन्टर र अस्पतालमा भएका रित्ता सिलिन्डर भरेर राख्न आग्रह गरेका हुन्।

खाली सिलिन्डरहरु अहिले समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानुभएको अक्सिजन सिलिन्डर यथाशक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ।

jeth 25 circular

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad