समाज


कोरोना कहर : एकैदिन बाबुछोराकै मृत्यु, गाउँ नै शोकमा

कोरोना कहर : एकैदिन बाबुछोराकै मृत्यु, गाउँ नै शोकमा

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ३:३,

कोरोना भाइरस संक्रमणको कारण इलाममा एकै दिन बावुछोराकै मृत्यु भएको छ।

इलाम नगरपालिका ८ सिङफ्रिङका ८४ वर्षीय बुवा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।

छोरा नारायणको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो। झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो। १९ जेठमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार सुरु गरिएको थियो।

छोराको मृत्यु भएको २४ घण्टा नबित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृत्यु भएको स्थानीय हेमन्त गौतमले जानकारी दिए। कोरोना संक्रमण मुक्त भएपछि बेदप्रसाद पोख्रेलको मृत्यु भएको हो। संक्रमणको कारण फोक्सोमा गम्भीर असर पर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

२४ घण्टा नबित्दै एकै घरका बाबु छोराको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ। मृतक वेदप्रसाद पोख्रेल पूर्व शिक्षक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .