इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स आइएसडब्लुएपीले रोयटर्सलाई पठाएको अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको बताइएको छ।
सेकाउ यसअघि अघिल्लो महिना पनि मारिएका विवरण आएका थिए। तर बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि गरेका छैनन्।
बीबीसीका अनुसार मिति उल्लेख नगरिएको अडिओ रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल–बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको’ बताएका छन्।
“भगवानले उनलाई स्वर्ग पठाएर उनीमाथि न्याय गरेका छन्,” एएफपी समाचार संस्थाबाट प्राप्त अडियो ट्रान्सक्रिप्टमा उल्लेख छ।
अघिल्लो महिना भिडन्तमा सेकाउको मृत्यु भएको खबरहरू आएपछि नाइजिरीयाली सेनाले आफूले उक्त विषयमा अनुसन्धान गर्ने बताएको थियो।
सेनाका प्रवक्ता ब्रिगेडियर जेनेरल मोहमद येरियाले बीबीसीसँग के भएको थियो भन्नेबारे अनुसन्धान भइरहेपनि ठोस प्रमाण बिना वक्तव्य सार्वजनिक नगर्ने बताए।
सुरक्षा निकायसँग निकट सम्बन्ध भएका एकजना पत्रकारले आइएसडब्लूएपीले उत्तर पूर्वी नाइजिरियाको साम्बिसास्थित जंगलमा रहेका बोको हरामका अखडाहरूमा हमला गर्दा सेकाउ मारिएको बताए।

प्रतिक्रिया