रेडियो पाकिस्तानका अनुसार सोमबार बिहानै डहरकी क्षेत्रको नजिकै सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको रेल ठोक्किएर भयानक दुर्घटना भएको हो।
यस दुर्घटनामा अन्य ५० व्यक्तिहरु घाइते भएको जानकारी दिइएको छ। रेलवे अधिकारीका अनुसार मिल्लत एक्सप्रेसको आठ र सैयदको तीन डिब्बा लिक बाहिरपुगेका छन्।
रेलवे अधिकारीबीच संचारमा समस्या हुँदा रेल दुर्घटना हुने गर्दछन्। यसअघि यसैवर्षको मार्चमा कराचीदेखि लाहोर जाने रेल दुर्घटना हुँदा ३० घाइते भएका थिए।
यस्तै गतवर्षको फेब्रुअरीमा सिन्ध प्रान्तमै पाकिस्तान एक्सप्रेस र एक बस आपसमा ठोक्किदा २२ जनाको मृत्युभएको थियो।
सन् २०१९ मा पाकिस्तानमै भएको रेल दुर्घटनामा ७४ जनाको मृत्यु भएको थियो। बीबीसी

प्रतिक्रिया