जेठ २५ देखि देशभर कोरोना विरुद्धको भेरोसेल खोप लगाइँदै छ।
६० देखि ६४ वर्ष उमेर सम्मका व्यक्तिलाई लगाइने खोपका लागि काठमाडौं महानगरपालिकाले उमेरअनुसार खोप लगाउने दिन तोकेको छ।
जेठ २९ गतेसम्म चल्ने उक्त खोप कार्यक्रमका लागि जेठ २५ गते ६४ वर्ष, जेठ २६ गते ६३ वर्ष, जेठ २७ गते ६२ वर्ष, जेठ २८ गते ६१ वर्ष र जेठ २९ गते ६० वर्षकालाई लगाइने भएको छ।
खोप लगाउन उमेर खुल्ने परिचयपत्रसहित खोपकेन्द्रमा जान सकिने महानगरले जनाएको छ। खोप केन्द्र प्रत्येक वडा कार्यालयमा राखिएको छ।


प्रतिक्रिया