समाज


कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन केही समय पर्खिनुपर्ने

कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन केही समय पर्खिनुपर्ने

नेपालखबर
जेठ २३, २०७८ आइतबार १३:४७,

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले एक विज्ञप्ति जारी गर्दै खोपको दोस्रो मात्रा तत्काल उपलब्ध गराउन नसक्ने जनाएको छ।

२०७७ फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउने समय भइसके पनि खोप नभएकाले प्रतिक्षा गर्न महाशाखाले भनेको छ।

सिरम इन्सिच्युट अफ इन्डियासँग सम्झौता भएर अग्रीम भुक्तानी भइसकेको र कोभ्याक्स सुविधाबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रको आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिए पनि भारत सरकारको खोप निर्यात सम्बन्धी निर्णयका कारण सिरमबाट खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएको महाशाखले जनाएको छ।

उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्रजेनिका खोप नेपाललाई प्राप्त भएपछि १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ।

vaccion notice

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .