समाज


कोरोना पोजेटिभ युवतीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनियर पक्राउ

कोरोना पोजेटिभ युवतीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनियर पक्राउ

नेपालखबर
जेठ २३, २०७८ आइतबार ३:२३,

रोल्पाको रुन्टिगढी गाउँपालिकामा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन्।

२० वर्षीया कोरोना पोजेटिभ युवतीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन्।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित युवतीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए।

‘सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अंगमा सुमसुम्याउँदै जबर्जस्ती करणी गर्न खोजेको भन्ने पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छिन्,’ प्रहरी नायब उपरीक्षक सुवेदीले भने।

सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले युवतीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै जघन्य अपराध भएकाले प्रहरीले संंवेदनशील भई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

‘पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ’, सुवेदीले भने।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी युवतीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख छ। युवती कोरोना संक्रमित रही होम आइसोलेसनमा बस्दै आएकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad