समाज


आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

नेपालखबर
जेठ २३, २०७८ आइतबार २:९,

आज आइतबार पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश १ र कर्णाली प्रदेशमा मौसम सामान्य बदली (घामभन्दा बादल बढी) र बाँकी प्रदेशमा आंशिक बदली (बादलभन्दा घाम बढी) छ।

दिउँसो भने पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सम्भावना छ। यसबाहेक प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ।

यस्तै राति पनि प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसबाहेक पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ।

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad