समाज


सिरहामा पसलमै बसेका व्यवसायीमाथि गोली प्रहार, तीनजना पक्राउ

सिरहामा पसलमै बसेका व्यवसायीमाथि गोली प्रहार, तीनजना पक्राउ

नेपालखबर
जेठ २२, २०७८ शनिबार १६:१०,

सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि शनिवार बेलुका गोली प्रहार भएको छ।

मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३–४ जनाको समूहमा आएका अज्ञात हतियारधारी व्यक्तिहरुले गोली प्रहार गरेका हुन्।

 

साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ। उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ।

पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको बताए। अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad