राजनीति


उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध गर्दै नेपाल समूहले भन्यो-प्रधानमन्त्रीले स्पष्ट गरुन्

 उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध गर्दै नेपाल समूहले भन्यो-प्रधानमन्त्रीले स्पष्ट गरुन्

नेपालखबर
जेठ २२, २०७८ शनिबार १५:३४,

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको अभिव्यक्तिको नेकपा (एमाले)को नेपाल-खनाल समूहले बिरोध गरेको छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित १५ जना स्थायी कमिती सदस्यले शनिबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गरी महतोको अभिव्यक्ति राष्ट्रिय हित र अखण्डता बिरोधी रहेको भन्दै त्यसको निन्दा गरेको हो।

‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित व्यवस्थाको विरुद्धमा छ।’

मन्त्री महतोको अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ।’

हेर्नुस् प्रेस विज्ञप्ति

189962696 237495051047381 4946943205718285616 n

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad