समाज


कोरोना संक्रमणबाट धादिङका न्यायाधीशको निधन

कोरोना संक्रमणबाट धादिङका न्यायाधीशको निधन

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ३:२६,

कोरोना संक्रमणको कारण जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।

झापाको धुलाबारी स्थायी घर भएका ५५ वर्षीय पौडेलको उपचारका क्रममा आज (शुक्रबार) बिहान ललितपुरको स्टार अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेललाई तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

उपचारका सबै विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि आज बिहान उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad