राजनीति


आज बस्ने ‘फुल कोर्ट’ बैठकमा संवैधानिक इजलास पुनर्गठन गर्न होला नियमावली संशोधनबारे छलफल?

आज बस्ने ‘फुल कोर्ट’ बैठकमा संवैधानिक इजलास पुनर्गठन गर्न  होला नियमावली संशोधनबारे छलफल?

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ३:२३,

आज सर्वाेच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बैठक बस्दै छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वानमा आज बिहान फुल कोर्ट बैठक बस्न लागेको हो।

सर्वाेच्च अदालतको स्रोतका अनुसार बैठकका लागि दुईवटा एजेन्डा तय गरिएको छ। जसमा एउटा– कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि संकुचन गरिएको अदालतको सेवा सम्बन्धमा र अर्काे– ‘विविध’ छन्।

विविधअन्तर्गत संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधनबारे पनि छलफल हुने सम्भावना रहेको बताइएको छ।

संसद् विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइ गर्न गठित संवैधानिक इजलासविरुद्ध न्यायाधीशबाटै विरोध भएपछि प्रधानन्यायाधीश जबराले न्यायाधीशको वरिष्ठताका आधारमा यही जेठ २३ गते इजलास पुनर्गठन गर्ने गरी यससम्बन्धी नियमावली संशोधन गर्ने वाचा गरेका छन्।

यस अघि जेठ १३ गते सर्वोच्च अदालतको फुल कोर्ट बैठक बसेको थियो।

बैठकले कोरोना भाइरस महामारीका कारण अत्यावश्यकबाहेकका कामकारबाही आज जेठ २१ सम्मका लागि संकुचन गरेको थियो।

गत मंगलबार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा गएको टोलीसँग प्रधानन्यायाधीशले संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधन गर्ने सहमति गरेका हुन्। उनले न्यायाधीशको वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष शाक्यले बताएका छन्।

यसअघि प्रधानन्यायाधीशको नेतृत्वमा गठन गरिएको ५ सदस्यीय संवैधानिक इजलासमा राखिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले गर्ने न्यायको निष्पक्षताप्रति बहसमा सहभागी विपक्षी तर्फका वकिलले प्रश्न उठाएका हुन्। यी दुई न्यायाधीशमध्ये एक जना नेकपा भंग गराउने फैसला र अर्का त्यसको पुनरवलोकन अस्वीकृत गर्ने निर्णयमा संलग्न रहेकाले शंका गरिएको हो।

तर पनि उनीहरूले इजलास छाड्न अस्वीकार गरेपछि इजलासमा रहेका दुई जना वरिष्ठ न्यायाधीशचाहिँ इजलासबाट बाहिरिएका छन्। 

यो पढ्नुहोस् : संवैधानिक इजलासः केसी र श्रेष्ठ नबाहिरिएपछि कार्की र भट्टराईले छोडे इजलास (रायसहित)

जसका कारण प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ यो जेठ २३ सम्मका लागि स्थगन गरिएको छ।

यो पनि : ‘प्रधानन्यायाधीशले कम्फर्टेबल इजलास भत्काउन नचाहँदा न्यायालयमा विद्रोह’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad