समाज


कोरोना खोप लगाउनुभयो? डाक्टर भन्छन्– अब यी ६ कुरामा ध्यान दिनुस्

कोरोना खोप लगाउनुभयो? डाक्टर भन्छन्– अब यी ६ कुरामा ध्यान दिनुस्

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १४:०,

कोरोना महामारीको दोस्रो लहरले गाँजिरहेको अवस्था छ। जसबाट बच्न खोप लगाउने क्रम पनि जारी छ। यस क्रममा तपाईं पनि कोरोनाविरुद्धको खोप लगाउने सोचमा हुनुहुन्छ भने लगाइसकेपछि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ।

यसै सन्दर्भमा भारतीय अनलाइन अमर उजालामा जनरल फिजिसियन डा. राजन गान्धीले विभिन्न सुझाव दिएका छन्। जुन हाम्रा लागि पनि उपयोगी हुने भएकाले यहाँ प्रस्तुत गरेका हौं।

१. एक/दुई दिन आराम गर्नुस्
तपाईंले कोरोना खोप लगाउनुभएको छ भने तुरुन्त काममा गइनहाल्नुस्, एक दुई दिन आराम गर्नुस्। खोप लगाएको २४ घण्टापछि यसको साइडइफेक्ट देखिन्छ। यसकारण खोप लगाएपछि एक दुई दिन आराम गरेर स्वास्थ्यको ख्याल गर्नुपर्छ। जब तपाईं स्वस्थ महसुस गर्नुहुन्छ तब नियमित काममा फर्कन सक्नुहुन्छ।

२. भीडभाडबाट बच्नुस्
यदि तपाईंले खोपको पहिलो डोज लिनुभएको छ भने भीडभीड भएको ठाउँमा जान हुँदैन। आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिँदै धूमपान र मद्यपानबाट बच्न जरुरी हुन्छ।

३. मास्क लगाउन नछाड्नुस्
तपाईंले कोरोना खोपको पहिलो वा दोस्रो डोज लगाइसक्नुभएको छ भने पनि मास्क लगाउन छाड्नु हुँदैन। जब घरबाट बाहिर निस्कनुहुन्छ, तब मास्क लगाउने तथा भौतिक दूरी कायम गर्ने कुरा भुल्नै हुँदैन। खोप लगाइसकेपछि पनि यी नियम पालना गर्नैपर्छ।

४. पौष्टिक र स्वस्थ खाना खानुस्
कोरोना खोप लगाइसकेपछि पौष्टिक र स्वस्थकर खानेकुरा खान जरुरी हुन्छ। दैनिक भोजनमा फल, तरकारी, सुक्खा फलफूल अनिवार्य समावेश गर्नुपर्छ। साथै गर्मी मौसममा प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

५. यात्रा नगर्नुस्
कोरोना खोप लगाएपछि कम्तीमा दुई तीन दिनसम्म यात्रा गर्न हुँदैन। विशेषज्ञले एवं अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को गाइडलाइनमा पनि कोरोना खोप लगाएपछि कतै यात्रा नगर्न सुझाव दिएका छन्। कोरोना संक्रमणको अवस्था हेरेर यस्तो सल्लाह दिइएको हो।

६. दुई/तीन दिन व्यायाम बन्द गर्नुस्
यदि तपाईं नियमित कसरत गर्नुहुन्छ भने कोरोना खोप लगाएपछि दुई तीन दिनसम्म व्यायाम बन्द गर्नु आवश्यक हुन्छ। किनकि खोप लगाइएको भागमा केही दिन दुखाइ हुन्छ। यस्तो अवस्थामा व्यायाम गरियो भने दुखाइ अझ बढ्न सक्छ। यसकारण दुखाइ नहराउन्जेल कसरत नगर्नु सबैभन्दा राम्रो उपाय हुन्छ।

Dr.Rajan Gandhiडा. राजन गान्धी

(नोट : डा. राजन गान्धी दक्ष र अनुभवी जनरल फिजिसियन हुन्। उनले कानपुरस्थित जीएसभीएम मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन्। यसपछि उनले सीएचमा डिप्लोमा सकेका हुन्। अहिले उनी उजाला सिग्नस कुलवन्ती अस्पतालमा मेडिकल डाइरेक्टर तथा सिनियर कन्सलटेन्ट फिजिसियन छन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad