समाज


सरकारले भनेभन्दा बढी चिनियाँ सेना मारिएको हुनुपर्छ भन्ने क्युलाई चीनमा जेल सजाय

सरकारले भनेभन्दा बढी चिनियाँ सेना मारिएको हुनुपर्छ भन्ने क्युलाई चीनमा जेल सजाय

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १३:१२,

सो झडपपछि भारतले आफ्ना २० सेना शहिद भएको बताएको थियो। चीनले भने सुरुवातमा आफ्ना कुनै सेनाको मृत्यु नभएको दाबी गरेको थियो।

तर आठ महिनापछि फेब्रुअरीमा आएर चीनले बल्ल आफ्ना चार सेनाको मृत्यु भएको भन्दै उनीहरुको नाम र फोटो सार्वजनिक गरेको थियो।

चीनले चार सेनाको मृत्यु भएको बताएपछि चीनमा एक चर्चित ब्लगर तथा पूर्व पत्रकार क्यु जिमिङले सामाजिक संजालमा सो हिंस्रक झडपमा चीनका चारभन्दा बढी नै सेनाको मृत्यु भएको आशंका व्यक्त गरेका थिए।

उनले विबोमा लेखेका थिए,‘भर्खरै भारतीय सेनासँगको झडपमा मारिएको भनिएका चार सेनाको उद्धारको क्रममा मृत्यु भएको थियो। त्यस घटनामा उद्धार टोलीमा खटेकाहरुको पनि मृत्यु भएको थियो। त्यसकारण धेरै चिनियाँ सेनाको मृत्यु भएको हुनसक्छ।’

उनले चीनको पनि धेरै सेनाको मृत्यु भएको अभिव्यक्ति दिएपछि उनले मृतक सेनाप्रति अनैतिक टिप्पणी गरेको भन्दै सरकारले उनलाई गिरफ्तार गरेको थियो।

यतिबेला उनलाई चीनको अदालतले ८ महिनाको जेल सजाय सुनाएको छ। उनले आफूले गल्ती गरेको भन्दै माफीसमेत मागिसकेका छन्।

हाल जेल सजाय सुनाइएका ३८ वर्षका क्यु जिमिङ यसअघि द इकोनोमिक अब्जर्भरमा खोजमूलक पत्रकारिता गर्दथे।

उनको विबो एकाउन्टमा २४ लाखभन्दा बढी फलोवर छन्। उनको अभिव्यक्तिले तथ्यलाई तोडमोड गरेर समाजमा नकरात्मकता र अफवाह फैल्याएको बताइएको थियो। एससीएमपी

यो पनिः यी हुन् भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेना, अन्तिम पत्रमा यसो भनेका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad