ad ad

समाज


आज पनि वर्षा जारी रहने, यस्तो छ तीन दिनको अुनमान

आज पनि वर्षा जारी रहने, यस्तो छ तीन दिनको अुनमान

नेपालखबर
भदौ ३, २०७६ मंगलबार २:२६,

आज (मंगलबार) पनि देशका विभिन्न ठाउँमा पानी पर्ने तथा केही ठाउँमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने थोरै स्थानमा वर्षा भइरहेको छ।
अहिले बिस्तारै मौसम खुल्ने क्रममा रहेको उनले बताइन्। तर दिउँसो १२ बजेपछि मौसम बदली भई पुनः वर्षा सुरु हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

‘मनसुन गतिविधि विशेषगरी राति र बिहानीपख हुने गर्छ,’ नेपालखबरसँग उनले भनिन्।

मौसम महाशाखाकाम अनुसार आज दिउँसो मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। यस्तै राति मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यमसम्म र एक/दुई ठाउँमा ठूला पानी पर्ने सम्भावनसमेत रहेको महाशाखाले जनाएको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ३ गते मंगलबार
दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरूमा तथा पूर्वको थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरूमा तथा पूर्वको थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ्र

भाद्र ४ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

भाद्र ५ गते विहिबार
दिउँसो : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही पूर्व र मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .