ad ad

समाज


पूर्वयुवराज पारसले मागे माफी

पूर्वयुवराज पारसले मागे माफी

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १:५१,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई आफूबाट दुर्व्यवहार भएको घटनाप्रति पूर्वयुवराज पारस शाहले माफी मागेका छन्।

गत आइतबार भएको उक्त घटनाबारे प्रहरीले छानबिन थालेको बताइरहेका बेला सोमबार मध्यराति पूर्वयुवराज पारसले फेसबुकमार्फत क्षमा मागेका हुन्।

69251488 666131477221871 2040877641975726080 n

सोमबार राति करिब १ बजेतिर फेसबुकमा अंग्रेजी भाषामा स्टाटस लेख्दै उनले आफ्नी आमा आमा बायोप्सीका लागि बैंकक जान लागेकाले आफ्नो ‘मुड’ खराब भएकाे र त्यही बेला प्रहरीले आफ्ना छोराको अनुहारमा डन्डा देखाएकाले  त्यस्तो दुर्व्यवहार हुन पुगेको उल्लेख गरेका छन्। त्यसका लागि म सम्बद्ध पक्षसँग क्षमा चाहन्छु भन्दै पूर्वयुवराज पारसले यदि आफ्नो ठाउँमा अरू जोसुकै ‘नेपाली बाबु’ भए पनि त्यस्तै व्यवहार गर्न पुग्थे भनेर स्टाटसमा उल्लेख गरेका छन्। साथै उनले बाँकी निर्णय गर्ने जिम्मा नेपाली जनतालाई छाड्छु भनेका छन्।

आइतबार उनले प्रहरीलाई विमानस्थलमा धकेलेको भिडियो सार्वजनिक भएको थियो।  

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका थिए। उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएका थिए। पारसले विमानस्थलभित्र छिर्ने क्रममा वायाँ हातले प्रहरीलाई धकेलेका थिए।

यस विषयमा प्रहरीले छानबिन थालेको जनाएकाे छ।  महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले निर्देशन दिएपछि विमानस्थल प्रहरीले घटनाबारे छानिबन सुरु गरेकाे हाे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .