कोभिड १९ महामारीविरुद्ध तिब्बतले नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ।
चीनको तिब्बतले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीमा ८ सय भरिएका अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सन्टेटर, ६ थान भेन्टिलेटर, २ सय आईसीयू बेड र १५ सय एन्टिजेन परीक्षण किट रहेका छन्।
ती स्वास्थ्य सामग्री ततोपानी नाकामा चिनियाँ अधिकारीले नेपाल पक्षलाई हस्तान्तरण गरेका छन्।
यस अघि पनि चीनले नेपाललाई महामारीका विरुद्ध स्वास्थ्य सामग्री पठाएको छ। चीनले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने घोषणा गरिसकेको छ।

प्रतिक्रिया