समाज


कोरोना संक्रमणका कारण त्रिविका ११ शिक्षक र १२ कर्मचारीको निधन

कोरोना संक्रमणका कारण त्रिविका ११ शिक्षक र १२ कर्मचारीको निधन

नेपालखबर
जेठ १६, २०७८ आइतबार १६:२८,

त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणका कारण हालसम्म ११ जना प्राध्यापकको निधन भएको जनाएको छ। यस्तै, १२ जना कर्मचारीको ज्यान गएको त्रिविले जनाएको छ।

आइतबार त्रिविले प्रकाशित गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो।

दुई जना सह प्राध्यापक, पाँच जना उप प्राध्यापक र चार जना शिक्षण सहायकको कोरोनाका कारण निधन भएको विश्वविद्यालयले जनाएको छ।

यस्तै, एक जना महाशाखा प्रमुखसहित विभिन्न पदमा कार्यरत १२ जना कर्मचारीको निधन भएको विज्ञप्तिमा उल्लेख छ।

tu1.jpg

 tu2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad