ad ad

समाज


गोरखाका ग्रमीण क्षेत्रमा कोरोना संक्रमितको संख्या उच्च

गोरखाका ग्रमीण क्षेत्रमा कोरोना संक्रमितको संख्या उच्च

नेपालखबर
जेठ १६, २०७८ आइतबार ८:५६,

गोरखाको बारपाक सुलिकोट गाँउपालिकाको सौरपानीमा कोरोनाबाट संक्रमितको संख्या उच्च रहेको पाइएको छ।

आइतबार सौरपानीमा रहेको स्वास्थ चौकीमा ६५ जनाको एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको हो।

सो क्षेत्रमा तीव्र रुपमा कोरोना फैलिएपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ चिकित्सकको टोली लिएर शनिबार बारपाक गएका थिए।

आजबाट त्यहाँ परीक्षण सुरु भएको प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

संक्रमण देखिएका २० जनालाई चिकित्सकहरुले औषधिसहित उचित परामर्श दिएर होम आइसोलेसनमा सुरक्षित रहन सुझाव दिएका छन्।

प्रवक्ता श्रेष्ठसँग २ जना चिकित्सक, २ जना ल्याव टेक्निसियन र १ जना स्वास्थ्य सहयोगी सहितको टोली रहेको छ।

टोली अब छोप्राकमा पुगेर एन्टिजेनमार्फत कोरोना परीक्षण गराउनेछ।

यसअघि पनि प्रवक्ता श्रेष्ठले गोरखाका विभिन्न गाउँपालिकामा पुगेर झण्डै पाँच सय बढीको परीक्षण गराएका थिए।

शनिबार गोरखा पुगेका प्रवक्ता श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालयमार्फत २० थान अक्सिजन, केही कन्सन्ट्रेटर विभिन्न गाउँपालिकाका लागि हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .