समाज


आगामी वर्ष हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

आगामी वर्ष हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

नेपालखबर
जेठ १६, २०७८ आइतबार २:३९,

हुम्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षभित्र राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ।

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदरमुकाम सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने घोषणा गरेका हुन्।

नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन्। सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने घोषणा गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन।

बजेट भाषणका क्रममा पौडेलले सिमकोटसहित तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएका छन्।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ। यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ।

हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ । मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ्गलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad