समाज


स्वास्थ्य क्षेत्रमा सरकारले छुट्यायो १ खर्ब २२ अर्ब ७७ करोड बजेट

स्वास्थ्य क्षेत्रमा सरकारले छुट्यायो १ खर्ब २२ अर्ब ७७ करोड बजेट

नेपालखबर
जेठ १५, २०७८ शनिबार १०:५३,

सरकारले कोरोना महामारी नियन्त्रणमा यो वर्ष ठूलो आकारको बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा खर्च गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेका हुन्।

आगामी आर्थिक वर्षको बजेटमा उनले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापनका लागि मात्रै २६ अर्ब ७५ करोड विनियोजन गरेका छन्।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने आइसीयू, एचडीयू, भेन्टिलेटर, टेस्ट किटलगायतका आवश्यक उपकरण खरिद गर्न ४ विनियोजन गरेको छ।

अर्थमन्त्री पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा उक्त कुरा बताएका हुन्। उनले खोप तथा स्वास्थ्य सामग्रीका लागि बजेट कम हुन नदिने बताए।

यस्तै एक सय शय्याभन्दा माथिका अस्पतालले अनिवार्य रुपमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने व्यवस्था मिलाइएको उनले बताए।

त्यसबाहेक अक्सिजन उद्योगका सामानमा भन्सार छुट गरिएको तथा अक्सिजन उत्पादन गर्न लाग्ने विद्युतीय महसुलमा ५० प्रतिशत छुट दिइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad