ad ad

समाज


छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु

नेपालखबर
जेठ १२, २०७८ बुधबार ९:०,

काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ।

काठमाडौं महानगरको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।

कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैया र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ उपलब्ध गराउने भएको छ। चिकित्सालयलाई विशेष कोभिड अस्पताल बनाउने बारेमा महानगर र चिकित्सालयबीच गत वैशाख ३१ गते सम्झौता भएको थियो।

महानगरले सहयोग स्वरुप प्राप्त भएका २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ भने ३ वटा भेन्टिलेटरको रकम भुक्तानी गर्ने छ।

अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आईसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो। अस्पताले निशुल्क उपचार सेवा प्रदान गर्ने पनि उनले जानकारी दिए।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको शुभारम्भ गर्दै अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताए। उनले महामारीमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने सबै खालका कामलाई महानगरले प्राथमिकतामा राखेको बताए।

महानगरले विभिन्न १२ वटा अस्पतालहरुसँग स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने सम्झौता गरे अनुसार यो सहयोग उपलब्ध गराइएको हो। महानगरको सहयोगमा राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पताल लगायत विभिन्न अस्पतालमा भौतिक सुधारको क्षेत्रमा काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .