समाज


एउटै रुखमा झुण्डिएको अवस्थामा दुईजनाको शव फेला, महिलाको पहिचान खुलेन

एउटै रुखमा झुण्डिएको अवस्थामा दुईजनाको शव फेला, महिलाको पहिचान खुलेन

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १२:२२,

दाङमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ।

घोराही उपमहानगरपालिका ७ सौडियारस्थित आँपको रुखको एउटै हाँगामा एक पुरुष र एक महिलाको शव फेला परेको हो।

मृतक पुरुष स्थानीय ३० वर्षीय रेखबहादुर घर्ती मगर रहेको र महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

महिला पनी अन्दाजी २५/३० वर्षीया रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

दुवै शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको छ। मृतक महिलालाई चिन्ने व्यक्तिलाई खबर गरिदिन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad